इन्फोकम बन्द, रोयल्टी बुझाउन निर्देशन

इन्फोकम बन्द, रोयल्टी बुझाउन निर्देशन

काठमाडौंको हात्तिसारमा रहेको इन्टरनेट (इमेलसहित) सेवा प्रदायक इन्फोकम प्रालि बन्द भएको छ । कम्पनी आफैंले सेवा सञ्चालन गर्न नचाहेपछि बन्द भएको जनाइएको छ । कम्पनी २०५६ असार १५ गतेदेखि सञ्चालनमा आएको थियो । 

गत असार १४ गतेसम्म सञ्चालनमा रहेको कम्पनी आफैंले थप सेवा सञ्चालन गर्न नचाहेको जानकारी गराएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । ‘निज सेवा प्रदायकले थप सेवा सञ्चालन गर्न नचाहेको जानकारी गराएको हुँदा निजलाई प्रदान गरिएको अनुमतिपत्रको अवधि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (१) बमोजिम समाप्त भएको व्यहोरा जानकारी गराइन्छ,’ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ ।

प्राधिकरणले इन्फोकमलाई आर्थिक वर्ष २०८०/०८१ को अडिटेड वित्तिय विवरणअनुसार तिर्नुपर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुरबापतको रकम बुझाउन सूचित गरेको छ ।

टिप्पणीहरू