देश 'मगन्तेमुक्त' नहुँदै प्रधानमन्त्रीद्वारा अर्को घोषणा

देश 'मगन्तेमुक्त' नहुँदै प्रधानमन्त्रीद्वारा अर्को घोषणा
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने दावी गर्नुभएको छ । काठमाडौँलगायत देशका प्रमुख सहरलाई मगन्तेमुक्त बनाउने अघिल्लो कार्यकालको घोषणा पूरा नहुँदै प्रधानमन्त्रीको अर्को प्रतिवद्धता आएको हो । 

आज काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा उहाँले बालबालिकाहरु अभिभावकविहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने सरकारको घोषणा सुनाउनुभयो । यसअघि पनि आफूले अभियान चलाएको उल्लेख गर्दै उहाँले बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताउनुभयो ।

‘बालबालिकाको स्याहरसम्भार, अहिले यहाँहरुले याद गर्नुभयो होला । बालबालिका सडकमा हुनु हुँदैन । खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ', प्रधानमन्त्री ओलीले भन्नुभयो, 'सरकारमा आउनेबित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु,कि एक वर्षभित्र हामी सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्नेछौँ ।'

उहाँले त्यस्ता बालबालिकाको रेखदेख, सन्तुलित आहार, स्याहारसम्भार, उचित शिक्षा, स्वास्थ्य र अन्य अवसर उपलब्ध गराउने कर्तव्य राज्यले लिनुपर्नेमा पनि जोड दिनुभयो । तर, प्रधानमन्त्री ओलीले अघिल्लोचोटि तीन वर्ष शासन चलाउँदा 'सडक मानवमुक्त' घोषणा भाषणमै सीमित छ ।

टिप्पणीहरू