माओवादीमा बोल्नेक्रम सकियो, अब अध्यक्षको जवाफ
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम सकिएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा पाँच दिनदेखि निरन्तर बसिरहेको बैठकमा आज उपमहासचिव हरिबोल गजुरेलसहित १३ जना नेताहरुले आफ्नो धारणा राखेका थिए । अहिलेसम्म २१ जना पदाधिकारीसहित सबै स्थायी समिति सदस्यहरुले बोलेर सकेका छन् ।
नेताहरुको बोल्नेक्रम सकिएसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार जवाफ दिने तयारी छ । भोली संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हुने छलफलमा नेताहरुले भाग लिनुपर्ने भएकाले बैठक पर्सिका लागि राखिएको हो ।
टिप्पणीहरू