केन्द्रीय बैंकमा ५२ जनालाई जागिरको अवसर
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा चार दर्जनबढी कर्मचारी मागेको छ । केन्द्रीय बैंकले आज प्रकाशित गरेको विज्ञापनमा रिक्त रहेको सहायक निर्देशक र सहायक पदमा कर्मचारी आवश्यक परेको जनाइएको छ ।
सहायक निर्देशकमा ३४ जना, सहायकमा १३ जना र सहायक (सूचना प्रविधि) मा ५ जना चाहिएको उल्लेख छ । योग्यता पुगेका इच्छुकले आजदेखि भदौ २० गतेसम्म विद्युतीय माध्यममार्फत दरखास्त दिन सक्नेछन् ।
सहायक निर्देशक पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विजषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, सहायक पदका लागि प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरह र सहायक (सूचना प्रविधि)मा कम्पुटर इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा ३ वर्षे डिप्लोमा पास गरेको हुनुपर्नेछ ।
टिप्पणीहरू