आर्थिक सुधार आयोग गठनको समाचारले व्यवसायीहरु दंग

आर्थिक सुधार आयोग गठनको समाचारले व्यवसायीहरु दंग

अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्न लागेकोमा नेपाल उद्योग वाणिज्य महासंघले खुशी व्यक्त गरेको छ । आर्थिक विकासका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आएको महासंघले मन्त्रालयको उक्त कदमलाई सकारात्मक रुपमा लिएको जनाएको छ । 

‘अर्थतन्त्रसम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवम् दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाई दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो,’ महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘महासंघको प्रस्तावबमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दछु ।’

यसलाई अर्थ मन्त्रालयले एकसय दिनको प्राथमिकतामा समावेश गरेकोमा धन्यवाद ज्ञापन गर्दै मितव्ययी रुपमा आयोग सञ्चालनको ढाँचा पनि महासंघले प्रस्ताव गरेको छ ।

टिप्पणीहरू