हलेसी महादेवलाई एसबिआईको आर्थिक सहयोग
नेपाल एसबिआई बैंकले खोटाङको हलेसी महादेव मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मन्दिरलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईलाई औपचारिक रुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेशकुमार पंडा, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रतेश अर्यालसहित बैंक तथा समितिका अन्य पदाधिकारीहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
एसबिआई बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि विभिन्न समयमा यस्ता गतिविधि गर्दै आइरहेकोे छ । हाल बैंकले देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ एटीएम र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गरेको जनाएको छ ।
टिप्पणीहरू