अरुणिमा लम्सालले गरिन् दाेस्राे बिहे,काे हुन् श्रीमान ?
अभिनेत्री अरुणिमा लम्सालले दोश्रो बिहे गरेकी छन् । उनले आज धरान,चतराका युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् ।
अरुणिमा र युवराजले केही दिनअघि सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिजसमेत गरिसकेको बुझिएको छ । त्यसपछि बल्ल उनीहरुले आज काठमाडौँको बत्तिसपुतलीस्थित मन्दिरमा विधि पुर्याएका हुन् ।
युवराज कांग्रेस नेता तथा जमिनदार हुन् । पारिवारिक सल्लाह अनुसार यी दुईले मागी बिहे गरेको बताइन्छ ।
अरुणिमाले यसअघि अमित अर्यालसँग बिहे गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । श्रीमानले आवश्यकताभन्दा बढी हैकम जमाउन खोजेको र स्वतन्त्रता नपाएको भन्दै उनले सन् २०१७ मा डिभोर्स गरेकी थिइन् । पहिलो श्रीमानबाट अरुणिमाको एक छोरी (अक्षता लम्साल) छिन् ।
अरुणिमा ६०को दशकमा सर्वाधिक रुचाइएकी अभिनेत्री हुन् । उनका अभिमन्यु,अग्निज्वाला, भरोसा,धड्कन,मेरो प्यारो माइती घर लगायतका दुई दर्जन चलचित्र हिट छन् ।
टिप्पणीहरू