अमेरिकाको रास्ट्रपतिका निम्ति भारतमा पूजाआजा

अमेरिकाको रास्ट्रपतिका निम्ति भारतमा पूजाआजा
सुन्नुहोस्

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावले भारतीय जनसमुदायलाई निकै नै उत्साहित बनाएको छ । भारतीय वंशजकी सन्तान उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदका निम्ति उम्मेदवार हुने भएपछि उनकी आमा स्याम्ला गोपालन जन्मिएको तमिलनाडुको चेन्नई शहरनजिकै ठूलासेण्डपुरम गाउँमा रौनकता छाएको छ । 

उनको जीतको कामना गर्दै गाउँबासीले मन्दिरमा पूजाआजासहित प्रार्थना शुरु गरेका छन् । उनी उपराष्ट्रपतिको उम्मेदवार हुँदा पनि गाउँलेहरुले जीतको लागि मन्दिरमा पूजाआजा गरेको पुजारी नटराजनले बताए । गाउँलेहरुले मन्दिरको भित्तामा उनको बृहत पोस्टर पनि टाँगेका छन् । मन्दिरका पुजारी नटराजनका अनुसार ह्यारिसको उम्मेदवारीले गाउँलेहरुलाई गौरवान्वित बनाएको छ । 

स्थानीय राजनीतिकर्मी सुधाकरले ठूलै संघर्ष गरेर विश्वकै शक्तिशाली देशको राष्ट्रपति आफ्नै मातृभूमिको सन्तान हुने भएपछि निकै खुशी लागेको बताए । यता, राजनीतिक विश्लेषक ह्याप्पी मोन ज्याकेबले एक जना व्यक्ति शक्तिशाली पदमा गए पनि समग्रमा भारतप्रतिको कूटनीतिक नीतिमा खासै अन्तर नआउने विश्लेषण गरेका छन् । 

फ्रान्सको अन्तर्राष्ट्रिय टेलिभिजन फ्रान्स २४ ले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धामा रहेकी ह्यारिसले पाँच वर्षको उमेरमा आफ्नो हजुरबुवासँग चेन्नईको सामुद्रिक तट भ्रमण गरेको स्थानीयहरुले अहिले पनि सम्झिराखेको भनी प्रशारण गरेको छ । आफ्नै गाउँकी सन्तान त्यति शक्तिशाली पदमा जाने भएपछि उनीहरुलाई भावनात्मक रुपले उत्साहित बनाएको छ ।  

टिप्पणीहरू