सम्झनाको मृत्युबारे छानबिन गर्न समिति गठन

सम्झनाको मृत्युबारे छानबिन गर्न समिति गठन

पाठेघरमा पलाएको मासुको बायप्सी गर्न भरतपुर अस्पताल पुगेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको सम्बन्धमा छानविन गरिने भएको छ । 

चितवनको भरतपुर महानगरपालिका–१२, मुनाल चोक घर भई गैंडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्लेको गएराति मृत्यु भएको थियो । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण सम्झनाको निधन भएको दाबी गरेपछि अस्पतालले यसबारे छानविन गर्न लागेको हो । 

घटनाबारे छानबिन गर्न डा.प्रकाश खतिवडाको संयोजकत्वमा नौं सदस्यीय छानबिन समिति गठन गरेको अस्पतालले जनाएको छ । समितिमा बिपि क्यान्सर हस्पिटलका ऐनेस्थेसिया डा.प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली, शाखा अधिकृत तुलसीराम आचार्य रहेका छन् । त्यसैगरी पीडित पक्षबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले छन् । 

समितिले घटनाबारे सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रमुख जिल्ला अधिकारीसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ । प्रतिवेदनका आधारमा आवश्यक कारबाही अगाडि बढाउने सहमति भएको छ । 

यो सँगै मृतकका आफन्त शव बुझ्न तयार भएका छन् ।
 

टिप्पणीहरू