राष्ट्रपति र पर्यटनमन्त्री सेनाको हेलिकोप्टरमा पाल्पा प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा जानुभएको छ । उहाँ पाल्पाको भगवती जात्रा अवलोकनका लागि तानसेन जानुभएको बताइएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा बिहान सवा १० बजे काठमाडौंबाट त्यता जानुभएको छ ।
राष्ट्रपतिसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा जानुभएको छ । टोलीमा रक्षामन्त्री मानवीर राई, राष्ट्रपति कार्यालयका विज्ञहरुमा कानुनका बाबुराम कुँवर र सञ्चार किरण पोख्रेल, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद दुवाडीलगायत आठ जना रहेको बताइएको छ ।
तानसेनमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट भगवती जात्रा मनाइन्छ । वि.स. १८७१–०७२ मा भएको नेपाल–अंग्रेज युद्धमा अंग्रेज फौजलाई पराजित गरेपछि तत्कालीन कर्णेल उजिरसिंह थापाले भगवती जात्राको प्रचलन गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले आज पाल्पामा सार्वजनिक बिदाको घोषणा गरेको छ ।
टिप्पणीहरू