अस्पतालहरुलाई बिदा नलिन निर्देशन

अस्पतालहरुलाई बिदा नलिन निर्देशन
सुन्नुहोस्

चितवनका स्वास्थ्य संस्था र अस्पताल बिदाको दिन पनि बन्द गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले अस्पतालहरुलाई सार्वजनिक बिदाको दिन पनि सेवा प्रदान गर्न निर्देशन दिएको छ । 

जिल्लास्थित स्वास्थ्य संस्थाहरुले सार्वजनिक बिदाका दिन स्वास्थ्यसम्बन्धी सेवा प्रवाह नगरेको व्यापक जनगुनासोपछि यस्तो निर्देशन गर्नुपरेको सिडिओ कार्यालयले जनाएको छ । सार्वजनिक बिदाका दिन पनि सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा दिनुपर्ने व्यवस्था स्मरण गराउंदै सिडिओ कार्यालयले बहिरङ्ग सेवासमेत उपलब्ध गराउन भनेको छ । 

‘सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएकोमा सोबमोजिम अधिकांश निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा अब उपप्रान्त सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । 

सेवा प्रवाह सम्बन्धमा सिडियो कार्यालयबाट अनुगमन तथा निरीक्षण हुनेसमेत जनाइएको छ ।

टिप्पणीहरू