बिते अधिनायकवादी राष्ट्रपति फुजिमोरी

बिते अधिनायकवादी राष्ट्रपति फुजिमोरी
सुन्नुहोस्

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको छ । सन् १९९० देखि सन् २००० सम्म एक दशकबढी पेरुमा लगातार शासन गरेका फुजिमोरीको कार्यकाल चरम विवादास्पद बनेको थियो । 

मानवअधिकार हनन् र भ्रष्टाचारको आरोपमा २५ वर्षको जेल सजाय सुनाइएका उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए । जापानीमूलका अधिनायकवादी फुजिमोरीले पेरुको समाजलाई निकै गहिरो विभाजनमा धेकेलेका थिए ।

उनले आफ्नो कार्यकालमा मुलुकभर व्याप्त हिंसात्मक माओवादी विद्रोहको अन्त्य गरेको आडमा अधिनायकवाद लादेको बताइन्छ ।

टिप्पणीहरू