बालुवाटारमा साँझ बोलाइएको बैठक एक घण्टा ढिलो

बालुवाटारमा साँझ बोलाइएको बैठक एक घण्टा ढिलो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बसेको बैठक अहिले जारी छ । 

गत शुक्रबार बसेको परिषद बैठक बिना निष्कर्ष टुंगिएको थियो । आजको बैठकले भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने जनाइएको छ । 

प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको आगामी असोज २० गतेदेखि अनिवार्य अवकाश हुँदै छ । त्यसको एक महिना अगावै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ । 

प्रधानमन्त्री अध्यक्ष हुने परिषद्मा विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । आजको बैठकमा प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा रानामगरको उपस्थिति छ ।

टिप्पणीहरू