भन्सारबाट माल गायब, नाकामा सुरक्षा थ्रेट

भन्सारबाट माल गायब, नाकामा सुरक्षा थ्रेट

राजश्व अनुसन्धान विभागले बेला बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भई छुटेका मालवाहक गाडी नियन्त्रणमा लिने गर्दै आएको छ । त्यसरी समातिएका गाडीहरु पुनः चेकजाँच गर्दा ठूलो मात्रामा राजश्व छल्ने गरिएको पाइएको छ ।

भन्सारका कर्मचारी, एजेण्ट र व्यापारीको सेटिङमा हुने गरेका यस्ता घटना त्यति धेरै नौलो होइन । यसैबीच अघिल्लो साता भन्सार परिसरबाट केही सामान सबैको आँखा छलेर जाँचपास नगरी निकासी भएको र पछि न्युरोडको खिचापोखरीमा फेला परेको स्रोतको दाबी छ । हाल अनुसन्धान चलिरहेको उक्त घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

गौचरस्थित भन्सार कार्यालयका अनुसार भन्सार एजेण्ट नम्बर ११६ का रामशरण पौडेलले चीनबाट आयातित १२ पोका सामान बा. १२१४ च ३८४९ नम्बरको पिकअप भ्यानमा राखेर बाहिर निकालेका थिए । भन्सार जाँचपास हुने क्रममा ११६ मध्ये १२ पोका एकाएक गायब भएपछि सोधखोज शुरु भएको हो । सिसिटिभी रेकर्डमा पौडेलले उक्त गाडीमा सामान लोड गरेको प्रष्टसँग देखिएको छ ।

सोही सिसिटिभी फुटेजका आधारमा भन्सार कार्यालयका उपसचिव मणिराम पौडेल नेतृत्वको चार सदस्यीय टोली गाडीको निगरानी गर्न खटियो । न्युरोडको खिचापोखरीस्थित गोदाममा सामान झारिसकेको अवस्थामा टोलीले फेला पारेको हो । भन्सार एजेण्ट, आयातकर्ता र उनका दुईजना कामदारसमेत चार जनालाई भन्सार प्रशासनले नियन्त्रणमा लिएको छ । 

पक्राउपछि केरकार गर्दा उनीहरुले झुक्किएर यस्तो हुन गएको बयान दिएको बताइएको छ । चारै जनालाई जनही १२ लाख धरौटीमा छोडेर पौडेल नेतृत्वको छानबिन समितिले अनुसन्धान जारी राखेको भन्सार कार्यालयले जानआस्थालाई बतायो ।   

यता, राजविराज, गौरलगायतका भन्सार कार्यालय प्रमुख तथा त्यहाँका कर्मचारीहरुले नाकामा तस्करबाट सुरक्षा थ्रेट भोग्नुपरेको विषय अर्थ मन्त्रालयसम्म पुगेको छ । गतसाता सम्पन्न भन्सार समीक्षा गोष्ठीका क्रममा सहभागीहरुले उक्त विषय उठाएको बुझिएको छ ।    

यस सम्बन्धमा जिज्ञासा राख्दा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले सम्बन्धित जिल्लाका सिडिओ र प्रहरी प्रमुखसँग समन्वय भइरहेको जानकारी दिए । कर्मचारीलाई सुरक्षा अनुभूति कसरी दिलाउँदै हुनुहुन्छ ? भन्ने जनआस्थाको प्रश्नमा उनले भने, ‘जहाँ–जहाँबाट सुरक्षा थ्रेटको कुरा आयो सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुराकानी भएको छ । आपसी समन्वयमा सुरक्षाको बन्दोबस्त मिलाउनेतर्फ हामीले

टिप्पणीहरू