संविधान !

संविधान !

-अनन्तराज लुईंटेल 

जेठो दाजु चार सालको 

जन्मन त जन्म्यो 
न त बाँच्नु न त मर्नु 
गर्न के नै गर्यो ।

माइलो दाजु सात सालको 

सातै वर्ष बाँच्यो 
जनता जनता भन्दै 
आफैँ मर्नु पर्यो । 

साइँलो दाजु राम्रो थियो 
सबको प्यारो बन्यो 
छोटो जीवन यसको थियो 
चाँडै अन्त्य भयो । 

काइँलो दाजु कडा थियो 
हट्टाकट्टटा चल्यो 
तीस वर्षे जोवनभरी 
गर्नु उधुम गर्यो । 

चोरडाँका र लाउकेलाई 
जेलको हावा ख्वायो 
नेतागिरी गुण्डागिरी 
सबको बेहाल गर्यो । 

ठाइँलाे दाजु नरम थियो 
सबलाई माया गर्यो  
भ्रष्टाचारी पापाचारी 
उधुम मात्रै गर्यो । 

अन्तरे दाजु ठीकै थियो 
सबलाई माया गर्यो 
जंगलबाट मंगल गर्न 
यसले बाटो खोल्यो । 

कान्छो भाई सातौँ भयो 
जनताकै सातो खायो 
सबका सबलाई खाडी पठाई 
गर्नु मोज गर्यो । 

गुण्डालाई मन्त्री दियो 
मन्त्रालयलाई ठेक्का 
मन्त्रीले छान्छ न्यायाधीश यहाँ
भएन अझै हेक्का ।

(संविधान दिवस २०८१ को अवसरमा सामाजिक सञ्जालमा प्रेषित कविता साभार गरिएको ।)

टिप्पणीहरू