नयाँ कानुन पारितपछि तेस्रोलिङ्गी मोडलको हत्या

नयाँ कानुन पारितपछि तेस्रोलिङ्गी मोडलको हत्या
सुन्नुहोस्

जर्जियाकी चर्चित तेस्रोलिङ्गी मोडल केसरिया अब्रामिजको हत्या भएको छ । टिब्लिसीस्थित आफ्नै अपार्टमेण्टमा उनको हत्या भएको बताइएको छ । ३७ वर्षीया केसरिया जर्जियामा लैंगिक समुदायको हक अधिकारको लागि लड्ने पहिलो तेस्रोलिङ्गीसमेत हुन् । 

गत मंगलबार जर्जियाको संसदबाट समलिङ्गी विवाह र तेस्रोलिङ्गीहरुको अधिकारमाथि प्रतिबन्ध लगाउने कानुन पारित भएप्छि केसरिया नेतृत्वको तेस्रोलिङ्गी समुदायले उक्त कानुनको विरोध गरेको थियो । त्यसको भोलिपल्ट भएको केसरियाको हत्यालाई अर्थपूर्ण ठानिएको छ ।

केसरियाको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । जर्जियन ड्रिम पार्टी नेतृत्वको सरकारले गत वर्ष पनि केसरिया नेतृत्वको तेस्रोलिङ्गी समुदायको एक कार्यक्रममा हस्तक्षेप गरेको थियो । 

कतिपयले सरकारविरुद्ध आवाज उठाएकै कारण उनको हत्या गरिएको दाबी गरेका छन् । भने, कतिपयले उनको व्यक्तिगत दुश्मनले हत्या गरेको टिप्पणी गरेका छन् । यद्यपि, केसरियाको हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । तर, उनले हत्या गरेको हो वा हैन भन्ने पुष्टि भइसकेको छैन । 

उता जर्जियन मानव अधिकारकर्मीहरु भने सरकारमाथि नै आक्रोशित देखिएका छन् । उनीहरुले सरकारलाई लैंगिक समुदायप्रति होमो वि ट्रान्सफोविकको भाषा प्रयोग नगर्न चेतावनी दिएका छन् । समलिङ्गी तथा र तेस्रोलिङ्गीहरुलाई पनि आम नागरिक सरह अधिकार सम्मन्न बनाउन सरकारलाई उनीहरुको आग्रह छ ।

टिप्पणीहरू