दुर्गा प्रसाईं अस्पतालमा, बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा
राजावादी तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट लगिएको छ । गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख गर्दै उनी पक्षका कानुन व्यवसायीहरु रिट निवेदन दर्ताको लागि सर्वोच्च पुगेका छन् ।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार रिट दर्ता भइसकेको छैन । ‘रिट आएको छ तर दर्ता भइसकेको छैन् । हामी अध्ययनको क्रममा छौं’,उनले भने । साइबर अपराधसम्बन्धी कसूरमा प्रसाईंलाई हिजो अपरान्ह भक्तपुरको कमेरोटारस्थित उनकै निवासबाट नेपाल प्रहरीको साइबर ब्यूरो टोलीले नियन्त्रणमा लिएको थियो ।
काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएका उनी हिजै साँझदेखि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएका हुन् ।
टिप्पणीहरू