त्रिभुवन विश्वविद्यालयमा अन्तिम मौका परीक्षा

त्रिभुवन विश्वविद्यालयमा अन्तिम मौका परीक्षा
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयले समयसीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने भएको छ । विश्वविद्यालयको परीक्षा सुधार समिति अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले समयसीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको छ ।  

बैठकले वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणालीअन्तर्गत ०६९ देखिका समयसीमा कटेका विद्यार्थीलाई यस पटकका लागि मौका परीक्षा दिने निर्णय गरेको शिक्षाध्यक्षको कार्यालयले जानकारी दिएको छ । 

‘त्रिविअन्तर्गतका मानविकी तथा समाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरुलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइने व्यहोरा सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ । एआई प्रविधिको प्रयोग गरिएमा परीक्षा रद्द गरिने छ ।

टिप्पणीहरू