भारतीय गभर्नरको बिदाईमा राष्ट्र बैंकका हाकिमहरू विमानस्थलमा

भारतीय गभर्नरको बिदाईमा राष्ट्र बैंकका हाकिमहरू विमानस्थलमा

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर शशिकान्त दास स्वदेश फर्केका छन् । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आएका उनी अपरान्ह साढ ४ बजे इण्डिगो एअरको उडान नम्बर ६इ११५८ बाट मुम्बई गएका हुन् ।

उनले हिजो काठमाडौंमा आयोजित फर्स्ट हिमालय समशेर मेमोरियल लेक्चरलाई सम्बोधन गरेका थिए । नेपाल राष्ट्र बैंकले आयोजना गरेको लेक्चरको एक्काइसौं शताब्दीमा केन्द्रीय बैंकको चुनौती सम्बन्धी शीर्षकमा उनले धारणा राखेका थिए । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय समशेर जबराको साढे २ वर्षअघि निधन भएको हो ।

 

श्रीमती लोपामुद्रा दास, रिजर्भ बैंकका चिफ म्यानेजर गुणवीर सिंह, जनरल म्यानेजर सत्यशिवा पनीग्रही र गभर्नरका प्रोटोकल सल्लाहकार मेजर यसपाल सिंह चरण रहेको टोली नेपाल वायुसेवाको उडान नम्बर आरए २१८ मा आइतबार राति काठमाडौं आएको थियो । होटल द्वारिकाजमा बसेका भारतीय गभर्नर अस्ति बिहान पशुपतिनाथ मन्दिर पुगेका थिए ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र बैंकका कार्यकारी निर्देशक नेफिल मताङ्गी मास्के, निर्देशक डा. डिल्लीराम पोखरेल, उपनिर्देशक डा. गुणराज भट्ट र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरले बिदाई गरेका हुन् ।

टिप्पणीहरू