क्षतविक्षत राजमार्गमा दशैंका यात्रुको चाप

क्षतविक्षत राजमार्गमा दशैंका यात्रुको चाप

दशैँ–तिहार नजिकिँदै गर्दा राजधानी छाड्नेको संख्या तीव्र रुपले बढ्दैछ । तर राजधानीसँग जोडिएका मुख्य राजमार्गहरु बाढी पहिरोले क्षतविक्षत छन् । यस्तो अवस्थामा नागरिक कसरी गन्तव्यमा पुग्लान् ?चिन्ताको विषय बनेको छ । 

एकातिर यातायात व्यवसायीहरुले गत शनिबारबाट चावपर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । तर टिकट काटेका यात्रुहरु तोकिएकै दिनमा सुरक्षित रुपले गन्तव्यमा पुग्छन् भन्ने कुनै ग्यारेन्टी देखिँदैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै दशैँसम्म मनसुनको सक्रिय रहने सम्भावनाको प्रक्षेपण गरेको छ । 

महाशाखाको सूचना र अवरुद्ध राजमार्गलाई मध्यनजर गर्दै यातायात व्यवासायीहरु पनि अग्रिम टिकट बुकिङलाई केही दिनको लागि बन्द गर्ने मनस्थितिमा पुगेको देखिन्छ । यद्यपि, बन्द भने भइसकेको छैन । 

राजधानीलाई पूर्वसँग जोड्ने विपी राजमार्ग ध्वस्त छ । भने, पश्चिमसँग जोड्ने पृथ्वी राजमार्ग पनि झ्याप्ले खोलासहित दर्जनौ ठाउँमा गएको पहिरोले अवरुद्ध छ । यसैबीच सडक विभागले सरकारको सम्पूर्ण संयन्त्र परिचालन नगर्दासम्म दशैँअघि अवरुद्ध राजमार्गहरु पूर्ण रुपमा सुचारु गर्न कठिन रहेको बताएको छ । विभागका निर्देशक रामहरी पोखरेलले अस्थायी रुपमा सुचारु गर्दा झन् दुर्घटनाको जोखिम बढेको बताए । 

अहिले विभागको आफ्नै संयन्त्र परिचालन गरेर सुनकोशीले बगाएको विपी राजमार्गको सडकखण्ड पुनः निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए । 

‘त्यहाँ अहिले खोलाले बगाएको सडकलाई डोजर लगाएर बनाउने काम भइरहेको छ’, उनले भने, ‘कम्तिमा दशैँअघि पूर्व जाने नागरिकलाई सहज होस् भनेर तत्कालको लागि अस्थायी रुपमा व्यवस्थापन गर्दैछौं, तर फेरि वर्षाको सम्भावना रहेको सूचना छ, त्यसैले बन्छ कि बन्दैन, भन्न सकिने अवस्था छैन ।’

पृथ्वी राजमार्ग खुलाउन पनि दिनरात काम भइरहेको पोखरेलले जानकारी दिए । विभागसँग भएको संयन्त्र कम परेको गुनासो गर्दै, ‘उता पश्चिम जोड्ने मार्ग पनि त्यस्तै छ, हामीसँग कति नै छ र शक्ति ! सरकारले सबै संयन्त्र परिचालन गर्यो भने दशैँअघिसम्म सुचारु गर्न सकिन्छ, नत्र गाह्रो छ ।’

उनले चाडपर्वको बेला राजमार्ग झन् व्यस्त हुने र निर्माण कार्य पनि प्रभावित हुने पनि सुनाए । ‘पहिरो हटाएपछि दुई चार घण्टा गाडी चल्छन्, तर त्यो नै स्थायी व्यवस्थापन त होइन, जोखिम कायमै हुन्छ, त्यसमाथि पहिरो खसेको ठाउँमा थप साना पहिरो खसिरहन्छन्, त्यो हटाउनै पर्यो । हिजो दिउँसो हिँडेका नाइटबस अहिले पनि थानकोटमै छन् भन्ने सुनेको छु, यस्तो अवस्था छ’, उनले सुनाए । 

उता यातायात व्यवासायीहरुले सरकारसँग अवरुद्ध सडक सुचारु गर्न आग्रह गरेका छन् । यात्रुहरुको चाप बढ्दै गएको तर सडकमै अलपत्र हुने अवस्था आएपछि यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सहयोग मागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनका अनुसार अहिले जाममा फसेका यात्रुहरुलाई पानी र खानाको व्यवस्था गर्न पहल थालिएको छ । 

सडक सुचारु नहुँदासम्म  नागरिकले अग्रिम टिकट बुकिङ गर्नुको कुनै अर्थ नरहने उनको भनाई छ । ‘सडक सुचारु नहुञ्जेलसम्म हामी केही भन्नसक्ने अवस्थामा छैनांै, बुकिङ गर्न लागेका यात्रुहरुको लागि सूचना जारी गरेका छौं’, उनले भने, ‘बुकिङ गरिसकेका यात्रुहरुलाई पनि यात्रा गर्नुभन्दा एकदिन पहिले सम्पर्क गरेर बाटोको स्थितिबारे बुझ्न आग्रह गरेका छौँ ।’

दशैँ नजिकिएसँगै यात्रुहरुको चाप बढ्नु र यहीबेला विपद आउनु सरकारको लागि ठूलो चुनौति भएको उनको बुझाई छ । ‘अब झन् यात्रुहरुको चाप बढ्दैछ । बाटो नखुलिकन यात्रुले टिकट बुकिङ मात्र गरेर पनि भएन । यस्तो अवस्थामा अब कसरी अघि बढ्ने, नागरिकलाई कसरी सहज बनाउने, यातायात व्यवयासी र सरकारलाई ठूलो चुनौति छ’, उनले सुनाए ।

दशैँ–तिहार नजिकिँदै गर्दा राजधानी छाड्नेहरुको संख्या तीव्र रुपले बढ्दैछ । तर राजधानीसँग जोडिएका मुख्य राजमार्गहरु बाढी पहिरोले क्षतविक्षत छन् । यस्तो अवस्थामा नागरिक कसरी गन्तव्यमा पुग्लान् ? चिन्ताको विषय बनेको छ । 

एकातिर यातायात व्यवसायीहरुले गत शनिबारबाट चावपर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । तर टिकट काटेका यात्रुहरु तोकिएकै दिनमा सुरक्षित रुपले गन्तव्यमा पुग्छन् भन्ने कुनै ग्यारेन्टी देखिँदैन । किनकि, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै दशैँसम्म मनसुनको सक्रिय रहने सम्भावनाको प्रक्षेपण गरेको छ । 

महाशाखाको सूचना र अवरुद्ध राजमार्गलाई मध्यनजर गर्दै यातायात व्यवासायीहरु पनि अग्रिम टिकट बुकिङलाई केही दिनको लागि बन्द गर्ने मनस्थितिमा पुगेको देखिन्छ । यद्यपि, बन्द भने भइसकेको छैन । 

राजधानीलाई पूर्वसँग जोड्ने वीपि राजमार्ग ध्वस्त छ । भने, पश्चिमसँग जोड्ने पृथ्वी राजमार्ग पनि झ्याप्ले खोलासहित दर्जनौं ठाउँमा गएको पहिरोले अवरुद्ध छ । यसैबीच सडक विभागले सरकारको सम्पूर्ण संयन्त्र परिचालन नगर्दासम्म दशैँअघि अवरुद्ध राजमार्गहरु पूर्ण रुपमा सुचारु गर्न कठिन रहेको बताएको छ । विभागका निर्देशक रामहरी पोखरेलले अस्थायी रुपमा सुचारु गर्दा झन् दुर्घटनाको जोखिम बढेको बताए । 

अहिले विभागको आफ्नै संयन्त्र परिचालन गरेर सुनकोशीले बगाएको वीपि राजमार्गको सडकखण्ड पुनः निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए । 

‘त्यहाँ अहिले खोलाले बगाएको सडकलाई डोजर लगाएर बनाउने काम भइरहेको छ’, उनले भने, ‘कम्तिमा दशैँअघि पूर्व जाने नागरिकलाई सहज होस् भनेर तत्कालको लागि अस्थायी रुपमा व्यवस्थापन गर्दैछांै, तर फेरि वर्षाको सम्भावना रहेको सूचना छ, त्यसैले बन्छ कि बन्दैन, भन्न सकिने अवस्था छैन ।’

उता पृथ्वी राजमार्ग खुलाउन पनि दिनरात काम भइरहेको पोखरेलले जानकारी दिए । विभागसँग भएको संयन्त्र कम परेको गुनासो गर्दै, ‘उता पश्चिम जोड्ने मार्ग पनि त्यस्तै छ, हामीसँग कति नै छ र शक्ति ! सरकारले सबै संयन्त्र परिचालन गर्यो भने दशैँअघिसम्म सुचारु गर्न सकिन्छ, नत्र गाह्रो छ ।’

उनले चाडपर्वको बेला राजमार्ग झन् व्यस्त हुने र निर्माण कार्य पनि प्रभावित हुने पनि सुनाए । ‘पहिरो हटाएपछि दुई चार घण्टा गाडी चल्छन्, तर त्यो नै स्थायी व्यवस्थापन त होइन, जोखिम कायमै हुन्छ, त्यसैमाथि पहिरो खसेको ठाउँमा थप साना पहिरो खसिरहन्छन्, त्यो हटाउनै पर्यो । हिजो दिउँसो हिँडेका नाइट अहिले पनि थानकोटमै छन् भन्ने सुनेको छु, यस्तो अवस्था छ’, उनले सुनाए । 

उता यातायात व्यवासायीहरुले सरकारसँग अवरुद्ध सडकहरु सुचारु गर्न सहयोग मागेका छन् । यात्रुहरुको चाप बढ्दै गएको तर सडकमै अलपत्र हुने अवस्था आएपछि यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सहयोग मागिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । उनका अनुसार अहिले जाममा फसेका यात्रुहरुलाई पानी र खानाको व्यवस्था गर्न पहल थालिएको छ । 

सडक सुचारु नहुँदासम्म नागरिकले अग्रिम टिकट बुकिङ गर्नुको कुनै अर्थ नरहने उनको भनाई छ । ‘सडक सुचारु नहुञ्जेलसम्म हामी केही भन्न सक्ने अवस्थामा छैनौ, बुकिङ गर्न लागेका यात्रुहरुको लागि सुचना जारी गरेका छौ’, उनले भने, ‘बुकिङ गरिसकेका यात्रुहरुलाई पनि यात्रा गर्नुभन्दा एकदिन पहिले सम्पर्क गरेर बाटोको स्थितिबारे बुझ्न आग्रह गरेका छौँ ।’

दशैँ नजिकिएसँगै यात्रुहरुको चाप बढ्नु र यहीबेला विपद आउनु सरकारको लागि ठूलो चुनौती भएको उनको बुझाई छ । ‘अब झन् यात्रुहरुको चाप बढ्दैछ । बाटो नखुलिकन यात्रुले टिकट बुकिङ मात्र गरेर पनि भएन । यस्तो अवस्थामा अब कसरी अघि बढ्ने, नागरिकलाई कसरी सहज बनाउने, यातायात व्यवयासी र सरकारलाई ठूलो चुनौति छ’, उनले सुनाए ।

टिप्पणीहरू