सिके र रेशमको पार्टी वैशाख १७ गते बुधवार एउटै

सिके र रेशमको पार्टी वैशाख १७ गते  बुधवार एउटै

डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकता हुने भएको छ । जनताको भावना र आकाङ्क्षाबमोजिम वैशाख १७ गते पार्टी एकताको घोषणा गर्न लागिएको डा.राउतको सचिवालयले जनाएको छ । मुलुकमा दुई पार्टी मिलेर एउटा शक्तिशाली पार्टी उदय हुन लागेको उल्लेख गर्दै सचिवालयले सो कदमले धेरै पार्टीको निद्रा उडेको बताएको छ । 

परिवारमै झगडा गराएर फुट ल्याउनेदेखि मिडियामा नानाभाँती समाचार लेखाउनेलगायतका कार्य गरे पनि नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन हुन लागेको सचिवालयको भनाइ छ । 

‘परिवारमा झगडा लगाएर,फुट ल्याएर होस् कि पार्टीभित्रैका पदाधिकारीहरुमाथि पैसा,गाडी, साधनस्रोत प्रयोग गरेर होस् कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्ने चरित्रहत्या गर्दै निरुत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस् कि पार्टी फुटाइदिने षडयन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरु नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनैपनि कसर बाँकी राखेका छैनन्’,

‘परिवारमा झगडा लगाएर,फुट ल्याएर होस् कि पार्टीभित्रैका पदाधिकारीहरुमाथि पैसा,गाडी, साधनस्रोत प्रयोग गरेर होस् कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्ने चरित्रहत्या गर्दै निरुत्साहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस् कि पार्टी फुटाइदिने षडयन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरु नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनैपनि कसर बाँकी राखेका छैनन्’,सचिवालयले भनेको छ,‘तर, हामी आत्तिएका छैनौं । तपाईँहरु पनि नआत्तिनुहोला । जनताको भावना र आकाङ्क्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौं । एकता हुन्छ नै ।’

दुई पार्टीको मिलनपछि ‘नागरिक जनमत पार्टी’ नाम राख्ने सहमति भएको छ । सो पार्टीको चुनाव चिन्ह ‘ढकिया’ रहनेछ ।

टिप्पणीहरू