बंगलादेशी सरकारका सल्लाहकार बालुवाटारमा

बंगलादेशी सरकारका सल्लाहकार बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र बंगलादेशबीचको  द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको बताइएको छ ।

बंगलादेशमा हालैको राजनीतिक परिवर्तनपछि गठित काम चलाउ मन्त्रिपरिषदका सदस्यहरुलाई सल्लाहकार भन्ने गरिएको छ । उनी विद्युत व्यापार सम्भौतामा हस्ताक्षरका लागि बंगलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएकी हुन् ।

आज बिहान काठमाडौंमा भएको दुबै मुलुकका उर्जा सचिवस्तरीय बैठकमा ४० मेगावाट बिजुली बंगलादेशमा बिक्रीका लागि सम्झौता गर्ने निर्णय गरिएको छ । आजको निर्णयानुसार नेपाल–बंगलादेश बीच ४० मेगावाट विद्युत व्यापारको भोलि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौता हुने कार्यक्रम छ ।

टिप्पणीहरू