अध्यक्षद्वारा विदेश भ्रमणबारे राष्ट्रपतिलाई अवगत

अध्यक्षद्वारा  विदेश भ्रमणबारे राष्ट्रपतिलाई अवगत

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । 

आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँहरुले भेट गर्नुभएको हो । भेटमा अध्यक्ष दाहालले आफ्नो आसन्न स्वीट्जरल्याण्ड भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको बताइएको छ ।

अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन अध्यक्ष दाहाल आगामी असोज २५ गते स्वीट्जरल्याण्ड जाँदै हुनुहुन्छ ।

टिप्पणीहरू