बाबुरामलाई फाल्दा क–कसलाई फाइदा

बाबुरामलाई फाल्दा क–कसलाई फाइदा

नेपाली सेनाबाट उपरथी बाबुराम श्रेष्ठलाई पन्छाएपछि दुई तारे जर्नेल बन्न क–कसलाई कसरी बाटो खुल्यो भन्ने एउटा सूची फेला परेको निकै रोचक परिस्थिति बनेको छ । उनी रहिरहेको भए प्रभुरामको सचिवालयमा बसिसकेका विष्णु खड्का, ज्योतेन्द्र महतलगायतले दुईतारे जर्नेल बन्ने मौका पाउने थिएनन् । बाबुरामलाई किनारा लगाउँदा तत्काल लाभान्वित हुने प्रदीप केसी मध्यपृतना हेटौंडामा कार्यरत छन् । त्यसैगरी फाइदा हुने अर्का अधिकृत हुन् पवन घिमिरे ।

यसबीच कल्याणकारीमा रहेका किरण केसीलाई त्यहाँबाट झिकी उनको ठाउँमा १६ बाहिनीका प्रकाश थापालाई जिम्मेवारी दिइएको छ । फास्ट ट्रयाकमा कार्यरत सहायकरथी विकास पोखरेलको म्याद नथपी इन्दिवर गुरुङलाई काम हेर्नु भनिएको छ ।

उता, रौतहटमा कार्यरत सशस्त्र प्रहरीका एक जना हवल्दारकी श्रीमतीले सेनाका तत्कालीन गणपति गंगाबहादुर बिष्टले आफूलाई स्वीकार्नुपर्ने भन्दै अड्डी कसेपछि त्यो काण्ड निकै जटिल बनेको छ । ती कर्नेलविरुद्ध हवल्दार दम्पतीले हल्चोकमा उजुरी हालेपछि सशस्त्रले छानबिन र कारबाहीका लागि सेनालाई पत्राचार गरिसकेको स्रोतको भनाइ छ । ती प्रहरीकी श्रीमती त्यहाँको एउटा एफएममा काम गर्दै पल्टनभित्रका गतिविधि र काम कारबाहीहरू निकै हाइलाइट गर्थिन् । यसरी स्थानीय तहका पदाधिकारीदेखि लिएर धेरै जनालाई उनले आफ्नो प्रभावमा राख्ने गरेको स्थानीयहरू बताउँछन् । सेनाको ब्यारेकमा लगातार आवत–जावत गरिरहने उनलाई सेनाकै एक पंक्तिले भने हनी ट्रयाप गरेको आरोपसमेत लगाउने गरेको छ । स्थानीय प्रहरी प्रशासन, सिडिओ कार्यालय सबैतिर छुट्टै पहुँच बनाएकी उनले अहिले श्रीमानसहित सँगै लागेर कर्नेललाई आफूलाई स्वीकार्न र श्रीमतीसँग सम्बन्धविच्छेद गर्न दबाब दिइरहेको बताइन्छ । 

उनी चन्द्रनिगाहपुरमा डेरा गरी बस्थिन् । सोही क्रममा गणपति गंगाबहादुर बिष्टसँग निकट सम्बन्ध बन्न गयो । त्यसो त सेनाले आन्तरिक आचरण र अनुशासनको विषय भएका कारण गंगाबहादुरलाई थुनिसकेको छ । सेनाले यसबीच गंगाबहादुरबाट युवतीले केही रकम बुझेको र स्कुटरसमेत खरिद गरेको भन्ने सूचना प्राप्त गरिसकेको बताइन्छ । गंगाबहादुरमाथि जिलेटिनको भत्तामा भ्रष्टाचार गरेको आरोप पनि छ । गंगाबहादुरले त्यहाँबाट रमाना लिएर उनको ठाउँमा अर्कै गणपति गइसकेपछि ती महिला उनीविरुद्ध आक्रामक बनेको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू