आउनासाथ किन श्राद्ध गर्नु र अशोकको

आउनासाथ किन श्राद्ध गर्नु र अशोकको

आइजिपी र प्रधानसेनापति परिवर्तन हुँदा जानेलाई सत्तो सराप गर्दै दुत्कार्ने र आउनेलाई फूलझडी जडेर प्रशंसाको पुल बाँध्ने खेतीपाती केही वर्ष यता चल्दै आएको छ । यस्तो चलनबाट अशोक सिग्देल पनि अछुतो नहुनुहोला । तर अहिलेका प्रधानसेनापतिलाई लखेट्ने काम शुरु भए पनि हामी सैनिक सेवामा रहेका सबैजसो भने यो नेतृत्वको आनीबानी सम्बन्धी व्यहोरा लोकप्रिय जनआस्था साप्ताहिकमार्फत राख्न चाहन्छौं ।

हामीलाई थाहा छ, पूर्णचन्द्र थापाको जगजगी हुँदा सबैले उनको चाकडी गर्थे । उनी जानेवित्तिक्कै सेनाभित्रैबाटको बद्ख्वाइँ शुरु गरियो । अहिले त्यस्तै प्रभुराम शर्मालाई गाली गर्ने र सिग्देलको प्रशंसाको पुल बाँध्ने काम शुरु भए पनि सिग्देल यस्ता चाकडीबाजसँग सचेत रहनु जरुरी छ । 

भैरहवामा पुग्दो पैतृक सम्पत्तिका साथै शान्ति सेनामा कार्यरत रहँदा कमाएको पैसाले काठमाडौंमा घरजग्गालगायत प्रशस्तै चलअचल सम्पत्ति जोडेका छन् । सिग्देलले करिब २५ वर्ष पहिले शान्ति सेनामा हुँदा दैनिक चार सय ५० डलरका दरले करिब डेढ वर्षसम्म भत्ता बुझेका थिए । त्यसै रकमले आर्थिक हैसियत राम्रै बनाए । 

साथीभाइमाझ कम बोल्ने, बीचमा अरुको कुरा नकाट्ने, कुरा सबै बुझेपछि मात्रै प्रतिक्रिया जनाउने यिनी निडर स्वभावका छन् । अनाहक कसैलाई दुःख दिने, बिगार्ने वा पेल्ने काम नगर्ने, कुरा बुझेर मात्रै गम्भीर विषयमा निर्णय लिने, जवानदेखि पदिक सबैसँग घुलमिल हुने बानीव्यहोरा छ । हक्की स्वभावका सिग्देलले फास्ट ट्रयाकमा कार्यरत विकास पोखरेलसहित उनको टिमलाई हटाएका छन् । श्रीलंका र बंगलादेशको जस्तो परिस्थिति आइलागे पनि पछि हट्ने मान्छे होइनन् । 

यिनले माओवादी द्वन्द्वकालमा बर्दियाको गणपति हुँदा पनि राम्रो काम गरेका थिए । कोभिडकालमा ईश्वर पोखरेल उपप्रधान तथा रक्षामन्त्री हुँदा बनाइएको समितिको सदस्य सचिव भई काम गरेकै हुन् । 

यिनका छोरा प्रहरी इन्स्पेक्टरको जाँच दिँदा फेल भए । छोरालाई सेना वा प्रहरीमा आफ्नै बुता र योग्यताले भर्ना हुनुपर्छ भन्दै कुनै भनसुन पनि गरेनन् । त्यसैकारण छोरा अहिले निजी बैंक एनआइएमबिमामा काम गर्छन् र त्यस्तै परे माइक्रो बसमा हिँड्ने गरेका छन् । जीवनसंगीनीलाई पनि लोे प्रोफाइलमा राखेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू