पाकिस्तानमा बम विस्फोट, दुई चिनियाँको मृत्यु

पाकिस्तानमा बम विस्फोट, दुई चिनियाँको मृत्यु

पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको बम विस्फोटमा दुई चिनियाँ नागरिकको ज्यान गएको छ । विस्फोटमा अन्य १० जना घाइते भएको र तीमध्ये एक जना विदेशी हुन् ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले विस्फोटमा थुप्रै पाकिस्तानीको मृत्यु भएको आशंका गर्दै मारिनेको संख्या यकिन नभएको बताएको छ ।

सिन्ध प्रान्तका गृहमन्त्री जीया उल हसनले विस्फोट विदेशी नागरिक लक्षित भएको आशंका गरेका छन् । त्यहाँको पृथकतावादी उग्रवादी समूह बलोच लिबरेशन आर्मी–बीएलएले आफूले विस्फोट गराएको इमेलमार्फत् जानकारी गराएको छ । 

पछिल्लो दुई महिनामा बीएलएले प्रान्तमा गरेका विभिन्न आक्रमणमा हालसम्म ७० भन्दा बढीको मृत्यु भइसकेको छ । उक्त उग्रवादी समूहले अरब सागरमा रहेको ग्वादर बन्दरगाहमाथि चीनलाइ आधिपत्य जमाउन इस्लामाबादले छुट दिएको आरोप लगाउँदै आएको छ ।

टिप्पणीहरू