अमेरिका पुगेपछि जो पनि घुमघाममा मस्त

अमेरिका पुगेपछि जो पनि घुमघाममा मस्त

काठमाडौंकी उपमेयर सुनिता डंगोल अमेरिकाबाट फर्केकी छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन गएकी उनी तीन साता बिताएर आज आएकी हुन् ।

असोज २ गते डंगोल कतार एअरवेजको उडान नम्बर क्युआर ६४८ बाट दोहा हुँदै गएकी डंगोलसँगै पर्शुराम नगरपालिकाका मेयर भरत बडायर जोशी,एमालेका युवा नेता अब्दुस मियाँ (गोरखा क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार)  र  अनेरास्ववियु अध्यक्ष समिक बडाल पनि थिए । 

उनीहरु नेपाल सरकारसँगको सहकार्यमा काठमाडौंस्थित राष्ट्र संघको आवासीय प्रतिनिधि कार्यालयबाट छनौट भएको बताइएको थियो । चारै जनाले असोज ६ र ७ गते आयोजना हुने ‘समिट अफ द फ्युचर’मा नेपाली युवाहरूको प्रतिनिधित्व गरेको बताइन्छ । दुई दिने कार्यक्रमका लागि अमेरिका गएकी उपमेयर तीन सातापछि फर्केकी हुन् ।

नेपालको तर्फबाट प्रतिनिधिमण्डलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नुभएको थियो । उहाँ पनि ४ गते गएर १४ गते फर्किसक्नुभएको छ ।

टिप्पणीहरू