बाढीपहिरोमा डेढ सय विद्यालय क्षतिग्रस्त, डेढ दर्जन विद्यार्थीको निधन

बाढीपहिरोमा डेढ सय विद्यालय क्षतिग्रस्त, डेढ दर्जन विद्यार्थीको निधन

गत असोज ११ र १२ गते भएको अविरल वर्षा पछिको बाढीपहिरोले डेढ सय बढी विद्यालयमा क्षति पुगेको छ । एक सय ६२ वटा विद्यालयमा क्षति भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै क्षति काभ्रेपलाञ्चोक र ललितपुरमा भएको छ । 

केही विद्यालयको कम्पाउण्डमा क्षति पुगेको, बाढीले ल्याएको बालुवा र गिट्टीले विद्यालय भवन पुरिएको, शौचालय भत्किएको, कक्षाकोठामा चिरा परेको, खेल मैदान भासिएको मन्त्रालयको भनाइ छ । 

त्यसैगरी, बाढी पहिरोमा डेढ दर्जन विद्यार्थीले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू