अमेरिकी आणविक आक्रमणबाट बाँचेका जापानीहरुको संस्थालाई नोबेल शान्ति पुरस्कार

अमेरिकी आणविक आक्रमणबाट बाँचेका जापानीहरुको संस्थालाई नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिदान्क्योलाई दिने घोषणा गरिएको छ । विश्वमा आणविक निषेध कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याएकाले निहोन हिदान्क्योलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरिएको बताइएको छ ।

उक्त संस्था हिरोसिमा र नागासाकीमा अमेरिकाले सन् १९४५ मा गरेको आणविक विष्फोटमा बाँचेकाहरुले सञ्चालन गर्दै आएका छन् । नोबेल समितिका अध्यक्ष जोर्गेनसेन फ्रेडनेसले उक्त समूहले आणविक निषेध कार्यक्रममा महत्वपूर्ण योगदान दिएको बताएका छन् । 

सन् १९५६ मा स्थापित यो संस्थाले अमेरिकाले गरेको आणविक आक्रमणबाट बचेकाहरूलाई विश्वभर पठाएर मानिसलाई आणविक हतियारको भयानक विनाश र यसले निम्त्याउने पीडाको बारेमा सचेतना फैलाउँदै आएको छ ।

टिप्पणीहरू