अमेरिकी पूर्व राष्ट्रपतिमाथि पुनः हत्या प्रयासको आशंका

अमेरिकी पूर्व राष्ट्रपतिमाथि पुनः हत्या प्रयासको आशंका

अमेरिकाका पूर्व राष्ट्रपति तथा आगामी चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि अर्को हत्या प्रयास भएको छ । सोही आरोपमा सुरक्षाकर्मीहरुले एक हतियारधारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।

सीएनएनका अनुसार ट्रम्पले गत शनिबार क्यालिफोर्नियाको कोचेलामा एक र्यालीलाई सम्बोधन गरेको बेलामा ती हतियारधारीहरु पक्राउ परेका हुन् । अभियुक्त आशंका गरिएका व्यक्तिको कारबाट एक थान भरुवा बन्दुक, एक थान ह्यान्ड गन र एक थान उच्च क्षमताको म्यागजिन बरामद भएको छ । 

४९ वर्षे वेम मिलरमाथि ट्रम्पलाई पुनः निशाना बनाइएकोमा संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले अनुसन्धान थालेको छ । यसअघि पेन्सिलभानियाको बटलर शहरमा तीन महिनाअघि चुनावी सम्बोधनको क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गत सेप्टेम्बर १६ मा पनि ट्रम्पमाथि फ्लोरिडाको पाम बीच काउन्टीमा गल्फ खेलिरहेको अवस्थामा अर्को हमला प्रयास भएको थियो ।

टिप्पणीहरू