कलाकारको दशैँ : महानायकको छेउमा श्रीमती, भुवनसँग प्रेमिका

कलाकारको दशैँ : महानायकको छेउमा श्रीमती, भुवनसँग प्रेमिका

दशैँमा टीका लगाएको तस्वीर र भिडियोले यतिबेला समाजिक सञ्जाल राताम्मे छ । कलाकारहरुले पनि परिवार र आफन्तसँग टीका थापेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । 

कतिपयले विजयादशमीकै दिन सञ्जाल रंग्याएका थिए भने केहीले हिजो र आजसम्म तस्वीर पोस्ट गरिरहेको देखिन्छ । अभिनेत्री सुरक्षा पन्तले श्रीमान मानव सुवेदीको हातबाट टीका लगाएको तस्वीर शेयर गरेकी छन् । 

दशैँमा टीका लगाउन झापा पुगेकी उनले केही दिनका लागि भए पनि गाउँको रैथाने शैली बाँच्न प्रयास गरिरहेको पनि बताएकी छन् । 

अभिनेता भुवन केसीले छोरो अनमोल केसीलाई टीका लगाइदिएको तस्वीर सञ्जालमा शेयर गरेका छन् । जहाँ उनकी प्रेमिका जिया केसी पनि देखिएकी छन् । 

त्यस्तै, सामाजिक सञ्जालमा निकै सक्रिय अभिनेत्री आँचल शर्माले श्रीमानसँग टिका लगाएर प्रशन्न मुद्धाको तस्वीर पोष्ट गरेकी छन् । प्रायः बोल्ड लुक्समा देखिने उनलाई रातो कुर्था आकर्षक देखिएको छ । 

अभिनेत्रीहरु वर्षा राउत, वर्षा सिवाकोटी, पूजा शर्मा, रिचा शर्मालगायतले पनि दशैंको फोटो शेयर गरेका छन् । 

महानायक राजेश हमालले ढिलोगरी आज फोटो सार्वजनिक गरेका छन् । श्रीमती मधु भट्टराईसहितलाई टीका लगाइदिएको तस्वीर उनले शेयर गरेका हुन् ।

तस्बिरहरु

टिप्पणीहरू