विदेश पढ्न र घुम्न जानेबाट बाहिरियो अर्बौ रकम

विदेश पढ्न र घुम्न जानेबाट बाहिरियो अर्बौ रकम

पछिल्लो समय अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या तीव्ररुपले बढ्दो छ । युवा विदेशीयसँगै नेपालबाट ठूलो मात्रामा रकमसमेत बाहिर गैरहेको छ । 

गएको दुई महिनामा मात्रै विदेश पढ्न जानेहरुले २८ अर्ब १६ करोड रकम लगेका छन् । नेपाल राष्ट्र बैंकले पछिल्लो दुई महिनाको तथ्यांकलाई आधार बनाएर तयार पारेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा यस्तो पाइएको हो ।

गत वर्ष यही अवधिमा २३ अर्ब विदेशिएको थियो । तर, यो पल्ट साढे तीन अर्ब बढी रकम बाहिरिएको हो । 

त्यस्तै, दुई महिनाको अवधिमा विदेश भ्रमणको नाममा साढे ४३ अर्ब विदेशिएको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष यस अवधिमा उक्त शीर्षकमा साढे ३५ अर्ब बाहिरिएको थियो । 

दुई महिनामा रेमिट्यान्स १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब पुगेको पनि प्रतिवेदनमा उल्लेख छ ।

टिप्पणीहरू