टीकाको दिन दुर्घटना गराई अस्पतालबाट भागेका कार चालक पक्राउ

टीकाको दिन दुर्घटना गराई अस्पतालबाट भागेका कार चालक पक्राउ

दशैंको टीकाको दिन एक पैदलयात्रीलाई ठक्कर दिई फरार कार चालक समातिएका छन् । 

मोरङको विराटनगर महानगरपालिका–१७ घर भई ललितपुरको कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार टीकाको दिन तीनकुने गैरीगाउँ सडकमा उनले चलाएको बा ३ च ९४४ नम्बरको टोयोटा कारले ठक्कर दिँदा सोही ठाउँ बस्ने ४१ वर्षीय विनोद महरा भन्ने रामविनय राम गम्भीर घाइते भएका थिए । लगत्तै विष्ट आफैंले घाइतेलाई केएमसी अस्पताल पुर्याएका थिए । 

तर, घाइतेको उपचारको क्रममा भोलिपल्ट बिहान १ बजे निधन भएपछि विष्ट फरार थिए । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटिभी फुटेज र प्राविधिक सहायतामा उनलाई हिजो कुपण्डोलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो । 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू