बार अध्यक्षविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

बार अध्यक्षविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामाथि प्रारम्भिक सुनुवाई भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र डा.कुमार चुडालको इजलासमा आज मुद्दाको सुनुवाई भएको हो । इजलास सुरू भएलगत्तै सुनुवाइ अघि बढेको मुद्दाको आदेश आउन बाँकी छ ।

न्याय परिषदले लेनदेनका आधारमा न्यायाधीश नियुक्त गरेको अध्यक्ष घिमिरेले गम्भीर आरोप लगाएपछि सर्वोच्चका उपरजिष्टार गोविन्द घिमिरेले असोज १४ गते अदालतको अवहेलना निवेदन दर्ता गरेका थिए । अफिसर अफ द कोर्टको रूपमा रहेका एक जिम्मेवार वरिष्ठ अधिवक्ताले यसप्रकारको अभिव्यक्ति दिएकाले उनलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग प्रतिवेदनमा गरिएको छ ।

न्याय परिषद्को निर्णय विरुद्ध बारले गरेको विरोध सभामा घिमिरेले सर्वोच्चको रिक्त दुई न्यायाधीश नियुक्तिमा तत्कालीन प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेन गरेको आरोप लगाएका थिए । त्यसबेलाका प्रधानन्यायधीश श्रेष्ठ अवकाश भैसकेका छन् ।

टिप्पणीहरू