यस्ता जर्नेलका असलियत

यस्ता जर्नेलका असलियत

नेपाली सेनाका जर्नेलको राष्ट्रप्रेम र अनुशासनको भाषण पनि आम्दानीको राम्रो बाटो भएको छ र यसलाई कानुनी तवरबाट रक्षा गर्न सिपाहीलाई बोर्डमा राखेर सदर गराइन्छ, आउरेबाउरे धुपौरे स्टाफ राखेर जयजयकार गरिन्छ । सिपाही सबै घरकाज अनि विपतमा सेना परिचालन हुन १२ बज्छ । भूपू एकतारे जर्नेललाई पनि घरकाज सिपाही दिन परेको छ । अझ दुईतारेलाई त दक्ष ड्राइभरसहित ३–४ जनाको सेवा उपलब्ध छ । कति भूपू खुलेआम सहुलियतको बहालवाला ड्राइभर लिएर राजीतिक कार्यक्रममा सरिक हुन्छन् ।

कमाण्डभन्दा पनि तुच्छ शैलीले कराइरहने कार्यरथी उपरथी दिपककुमार बानियाँले हायलकायल पार्दा सकल दर्जा पीडित छन् । काउन्सिलिङ शाखाकी महिला अधिकृतलाई देखी नसहने, अन्तर्गतलाई संस्थागत अभिभावकत्व शून्य, व्यक्तिगत उर्दी जारी गर्ने र यस्तो रवैयालाई सफल पार्न आफ्नो विश्वासपात्रको सरुवा गर्ने, प्रमुख सेनानी अरुण श्रेष्ठले कार्यरथीमा हायलकायल पारिरहेका छन् । उनी र रानाभाट मेजर पोखराबाट चाप्लुसी गरेरै हेडक्वार्टर सरुवा भएका छन् । पोखरा पृतनाअन्तर्गत पैसा उठाएर जर्साबलाई खुशी पार्ने र घरघडेरी जोडिदिन आफैं बजार चाहार्थे यी धुपौरे । रुञ्चे कर्णेल गुल्मपति परीक्षामा चिट चोरेर रंगेहात पक्राउ पर्दा पनि निगाह पाए र पैसा खुवाएर स्टाफ कलेज पनि उत्रिए । 

भाँडावर्तन कम्पनीका दिपक जर्साबहरुले सबै विभागमा पुराना अनुभवीलाई लखेटी आफ्नो मान्छे नियुक्त गरिसकेका छन् । यो कम्पनीले क्याडेट नतिजा प्रकाशन गर्नुअगावै जर्साबको मान्छे भन्दै टिपाउने, निवेशको सिपाहीलाई घरो बत्ती बिल तिर्न पठाउने, एमटी/एमपीतिर ड्राइभर, सै.प्र. कोटामा आफ्नालाई शान्ति सेना पठाउने, सुगममा सरुवा गर्ने बेथिति बसालेको छ । इञ्जिनियर पल्टनले तलब गर्न छोडेपछि यी जर्साब बन्दोबस्ती गणबाट पाल सयर र पण्डित मगाएर ससुरालीमा पूजाआजा गर्छन् र निवेशबाटै सिपाही लगेर घरकाज राख्छन् । आफू बडाहाकिम भएर उर्दी लाउँछन्, फुलटाइमरलाई फिल्डमा खटाउँछन् । कार्यरथीमा सरुवा भएपछि धुपौरेले कार किन्न पनि भ्याइसकेका छन् । यता बडाहाकिमले अब क्याभ्लरीको घोडा चढेर भाटभटेनीमा सपिङ गर्न मात्र बाँकी छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू