प्रधानमन्त्रीको कुरो सुनेपछि शीतल निवास जाने विपक्षीहरुको तयारी

प्रधानमन्त्रीको कुरो सुनेपछि शीतल निवास जाने विपक्षीहरुको तयारी

संसदमा विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्न लागेका छन् । उनीहरुले आज अपरान्ह ४ बजे शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गर्ने बुझिएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा उनीहरु शीतल निवास जाँदैछन् । सरकारका काम कारबाही जनविरोधी भएकोलगायत विषयमा विपक्षीहरुले राष्ट्रपतिको ध्यानाकर्षण गराउन लागेका हुन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो आफू नेतृत्वको सरकार गठन भएको एक सय दिनको उपलक्ष्यमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । दिउँसो ३ बजे आयोजना गर्न लागिएको कार्यक्रममा उहाँले सरकारले प्राप्त गरेको उपलब्धीको चर्चा गर्नुहुने बताइएको छ ।

टिप्पणीहरू