‘सहकारी ठगलाई कारबाही र बचत रकम फिर्ता सँगसँगै’

‘सहकारी ठगलाई कारबाही र बचत रकम फिर्ता सँगसँगै’

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथिको कारबाही र पीडित बचतकर्ताको रकम फिर्ता सँगसँगै हुने बताउनुभएको छ । सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले उक्त प्रतिबद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘सहकारी ठगहरुलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’ सोही क्रममा उहाँले सर्वसाधारणको रकम अपचलन गरेका ठगहरुमाथि कारबाही शुरु भएको बताउनुभयो ।

उहाँका अनुसार हालसम्म छ सयभन्दा बढीलाई पक्रेको र पौने छ सय जति जेलमा छन् । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पनि सहकारी ठगीको अनुसन्धानमा हाल कास्की प्रहरीको हिरासतमा छन् । नेपाल प्रहरीका डिआईजी छबिलाल जोशीलाई पनि अनुसन्धानको क्रममा पोखराबाट रुपन्देही पुर्याइएको छ ।

टिप्पणीहरू