आर्थिक सुधार आयोगद्वारा सुझाव माग

आर्थिक सुधार आयोगद्वारा सुझाव माग
सुन्नुहोस्

अर्थतन्त्र सुधारका निम्ति गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राय मागेको छ ।

आयोगले आज सार्वजनिक सूचना निकालेर अर्थतन्त्रमा देखिएका समस्या समाधानका निम्ति गर्नुपर्ने कामबारे सरोकारवालासँग सुझाव मागेको हो । 

गत असोज २१ गते गठित उक्त आयोगले आगामी छ महिनाभित्र अर्थतन्त्रको समस्या समाधानका लागि सरकारलाई सुझाव दिने कार्यादेश पाएको छ । त्यसनिम्ति अध्ययनका लागि उसले उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता, विज्ञ तथा आम नागरिकसँग रायसुझाव मागेको जनाएको छ ।

ललितपुरको हरिहर भवनस्थित आयोगको सचिवालयमा रहेको सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा वा इमेलमार्फत लिखित रुपमा आगामी मंसिर १५ गतेभित्र सुझाव पठाउन भनिएको छ ।

टिप्पणीहरू