जिबीका अर्का सारथि समातिए

जिबीका अर्का सारथि समातिए

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना आरोपमा नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन् । 

तनहुँको भानु नगरपालिका–८, बगालेफाँट घर भएका ४८ वर्षीय उनी आज काठमाडौं महानगरपालिका–३, पानीपोखरीबाट समातिएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई नियन्त्रणमा लिएर कास्की प्रहरीको जिम्मा लगाएको छ । 

सहकारी ठगी प्रकरणका मुख्य नाइके जिबी राईको नेचर्स हब्सका सन्चालक खनाल गोरखा ग्रुप अफ कम्पनीको शेयरधनीसमेत रहेको थाहा भएको छ ।

टिप्पणीहरू