दाइका नाममा रविका पिएको अमेरिकामा रेष्टुरेन्ट

दाइका नाममा रविका पिएको अमेरिकामा रेष्टुरेन्ट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेका पिए दिपक बोहोराले दाइ कबिरका नाममा अमेरिकामा रेष्टुरेण्ट खोलेका छन् । भर्जिनिया राज्यमा टेस्ट अफ इण्डिया नोभा नामक रेष्टुरेन्ट खुलेको हो । 

मेरिल्याण्ड राज्यमा बस्ने राप्रपाका मोहन थापासँग मिलेर उक्त रेष्टुरेन्ट खोलिएको स्रोतको दाबी छ । रवि लामिछाने दोस्रो पटक मन्त्री बनेलगत्तै उता रेष्टुरेन्ट खुलेको र रास्वपा उपसभापति डिपी अर्यालसमेत दिपकका दाइसङ्ग जोडिएको बुझिएको छ ।

"रवि लामिछाने दोस्रो पटक मन्त्री बनेलगत्तै उता रेष्टुरेन्ट खुलेको र रास्वपा उपसभापति डिपी अर्यालसमेत दिपकका दाइसङ्ग जोडिएको बुझिएको छ ।"

मेरिल्याण्डस्थित एक जना नेपालीका अनुसार चलिरहेको पुरानो रेष्टुरेन्ट किनिएको हो । गत चुनावअघि उनै दाइ बोहोराले फेसबुक पेजमा नेपाली मतदातालाई एक पटक ठण्डा दिमागले सोच्न आग्रह गर्दै रविको प्रचार गरेका थिए । उनले ‘रवि लामिछानेलाई किन भोट दिने ?’ भन्दै साइग्रेस पोखरेलको स्टाटसलाई रि पोष्ट गरेको देखिन्छ ।

स्मरण रहोस्,सन २०१४ मा रवि सब वेमा काम गर्दागर्दै  भाग्य चम्काउन नेपाल फर्केका हुन् भने त्यसपछि उतै बस्ने म्याग्देली मोहनजङ्ग थापामार्फत रविले यताबाट पैसा अमेरिका ओसार्ने गरेको जिबी राईले बताउन थालेका छन् ।
 

टिप्पणीहरू