यति धेरै पैसा आउँदा सबै गुपचुप

यति धेरै पैसा आउँदा सबै गुपचुप

उत्तरी छिमेकी चीनको सिचुआन प्रान्तस्थित एउटा सरकारी कम्पनीले नेपालको जलविद्युत्मा ठूलो रकम लगानी गर्न लागेको छ । उक्त कम्पनीले पहिलो विदेशी ऊर्जा लगानी परियोजनाअन्तर्गत मनाङ मस्र्याङ्दी जलविद्युत् परियोजनामा ३२ करोड ३० लाख अमेरिकी डलरमध्ये ४० अर्ब रूपैयाँँ लगानी गरेको जनाइएको छ । 

सिचुआन न्युज नेटवर्कका अनुसार नेपालका घरानिया व्यवसायी पद्मज्योतिको बुटवल पावरसँग सहकार्य गर्दै लगानी भित्र्याइएको हो । त्यहाँ नदीको तलदेखि माथिल्लो भागसम्म जोडिएका तीनवटा जलविद्युत् केन्द्र परियोजनामा हुने छन् । तल्लो र माथिल्लो जलविद्युत् परियोजनाको कूल क्षमता लगभग छ लाख किलोवाट हुने छ । 

तेस्रोसमेत गरेर कूल ३२ करोड ३० लाख अमेरिकी डलर लगानी हुने परियोजनाको स्थापित क्षमता एक लाख ३५ हजार किलोवाट हो । यो परियोजना चिनियाँ लगानीमा हालसम्मकै नेपालका निम्ति सबैभन्दा ठूलो ऊर्जा लगानी परियोजना पनि हो । 

‘बिल्ड–अपरेट–ट्रान्सफर’ फ्रेन्चाइज मोडेल (अर्थात बिओटी मोडेल) अन्तर्गत निर्माण अवधि पाँच वर्षसमेत गरेर ३५ वर्ष तोकिएको छ । सिचुआन इन्भेष्टमेन्ट ग्रुपसँग क्यास्केडिङ प्रविधिको जलविद्युत् परियोजना निर्माणमा ३६ वर्षे लामो अनुभव छ । 

उक्त जलविद्युत् केन्द्र पूर्ण रूपमा सञ्चालनमा आउँदा तेस्रो तहको जलविद्युत् केन्द्रको औसत वार्षिक उत्पादन ३ अर्ब १८७ करोड किलोवाट घण्टा पुग्ने अपेक्षा छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू