रवि र छविलाई अदालत पुर्याइयाे
प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई जिल्ला अदालत कास्की पुर्याइएको छ । उनीहरुलाई म्याद थपका लागि आज पनि अदालतमा उपस्थित गराइएको हो ।
पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा उनीहरुमाथि प्रहरी अनुसन्धान जारी छ । प्रहरीका अनुसार बयान सकिए पनि अरू प्रक्रिया बाँकी रहेकाले अदालतमा म्याद थपका लागि पुर्याइएको हो ।
कात्तिक २ गते काठमाडौंमा पक्राउ परेपछि पोखरा पुर्याइएका लामिछानेलाई पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिनको म्याद थपिएको थियो । हिजोसम्म तिहार बिदा रहेकाले आज फेरि म्याद थप्न लागिएको हो ।
जोशी असोज ६ गते पक्राउ परेका हुन् । उक्त सहकारीबाट पाँच करोड गोरखा मिडियामा गएको थियो । सोही रकम लामिछानेले प्रबन्ध निर्देशकको हैसियतमा खर्च गरेको उनैले संसदीय छानबिन समितिसमक्ष बताएका थिए ।
टिप्पणीहरू