जलवायु परिवर्तनको चर्को असर, साउदी मरुभूमिमा बाक्लो हिमपात

जलवायु परिवर्तनको चर्को असर, साउदी मरुभूमिमा बाक्लो हिमपात

जलवायु परिवर्तनको असरका कारण अतिवृष्टि, अनावृष्टिसँगै हिमपातले पनि नयाँ रेकर्ड राख्न थालेको छ । उखरमाउलो हुने मध्यपूर्वका विभिन्न मुलुकमा यो वर्ष हिउँदै नलाग्दै चिसो बढेको छ ।

साउदी अरबको जौफ मरुभूमिमा पहिलो पटक हिमपात भएको छ । हिमपातका कारण चर्को गर्मी मन पराउने ऊँटहरु बाक्लो हिउँमा बस्न बाध्य भएका छन् । साउदी अरबको जौफमा परेको हिमपातलाई जलवायु परिवर्तनको चर्को असरको रुपमा हेरिएको छ ।

प्राप्त समाचार अनुसार सो क्षेत्रको तापक्रम माइनस २ डिग्री सेन्टिग्रेट पुगेको छ । अरब न्युज एजेन्सीका अनुसार उक्त हिमपात हालसम्मकै दुर्लभ हो ।

केही महिनाअघि संयुक्त अरब इमिरेट्समा परेको घनघोर वर्षापछि आएको बाढीमा धेरै जनधनको क्षति भएको थियो । अत्यधिक गर्मी हुने मध्यपूर्व क्षेत्रमा यसअघि कम वर्षा हुन्थ्यो ।

टिप्पणीहरू