कमलालाई महिलाकै मत कम
हिजो भएको अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रारम्भिक परिणामले उम्मेदवारहरु डोनल्ड ट्रम्प र कमला ह्यरिसबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।
अचम्मको रुपमा ह्यारिसको पक्षमा कम महिला देखिएका छन् । प्रारम्भिक सर्वेक्षणमा ५४ प्रतिशत महिलाले मात्रै उनलाई भोट खसालेका छन् । जबकी चार वर्षअघि राष्ट्रपति जो बाइडनलाई ५७ प्रतिशत महिलाले समर्थन गरेका थिए ।
हाम्रो जस्तो कम शिक्षित मुलुकमा महिला मतदातालाई विभिन्न कारणले प्रभाव पारेको आरोप लगाउने गरिन्छ । तर अमेरिका जस्तो शिक्षित समुदायमा महिला स्वयम्ले महिला उम्मेदवारलाई नै पन्छाउनुलाई के भन्ने ?
मतदानपछि गणना भइसकेका जर्जिया र नर्थ क्यारलाइनामा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको अवस्था अघिल्लो निर्वाचनको तुलनामा राम्रो देखिएको छ । उनको तुलनामा कमलाको अवस्था उत्साहजनक देखिँदैन ।
अब विस्कन्सिन, मिसिगन र पेन्सिलभानिया राज्यको मतगणनातर्फ सबैको ध्यान गएको छ । ती राज्यमा प्राप्त हुने परिणामले कमलाको भाग्य निर्धारण गर्ने धेरैको विश्लेषण छ ।
टिप्पणीहरू