चुनावी रणनीति बनाउन एमालेले बैठक बोलायो
सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । कात्तिक २४ गते शनिबार पार्टी मुख्यालय च्यासलमा बस्नेगरी बैठक डाकिएको हो ।
स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकले उपनिर्वाचनको तयारीमा जुट्न मातहतका कमिटीलाई आवश्यक निर्देशन दिने उनले बताए ।
एमालेले यसअघि नै कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।
टिप्पणीहरू