जापान भ्रमणले विवादमा परेका मन्त्रीद्वारा राजीनामा

जापान भ्रमणले विवादमा परेका मन्त्रीद्वारा राजीनामा

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । क्याविनेटबाट स्वीकृति नलिई जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले पद छोडेको हुन् । 

मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी अधिकारीले नैतिकताका आधारमा राजीनामा दिएको बताए । 

प्रदेश तथा स्थानीय तहको परराष्ट्र तथा कुटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५ को दफा ६ को उपदफा (२) ले प्रदेशका कर्मचारी र पदाधिकारीहरु विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयमा लेखि पठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय पनि पठाउनुपर्छ । 

तर, उनी स्वीकृति नलिईकन जापानमा आयोजित एक कार्यक्रममा सहभागी भएका हुन् । अधिकारी २०७९ को निर्वाचनमा मोरङ– २ (ख) बाट निर्वाचित एमाले सांसद हुन् ।

टिप्पणीहरू