ग्लोबलका ग्राहकलाई विमान टिकट खरिदमा ‘क्यासब्याक’
ग्लोबल आइएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक पाउने भएका छन् । बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले यती एयरलाइन्सको हवाई टिकट खरिदमा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ ।
बैंकका अनुसार ग्राहक तथा तिनका परिवारका सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुकिङ गर्दा ‘फ्लाई यती’ प्रोमो कोड प्रयोग गरी क्यासब्याक पाउन सक्नेछन ।
ग्राहकले यो प्रोमो कोड तीन पटकसम्म प्रयोग गर्न सक्नेछन् । क्यासब्याक योजना नोभेम्बर २९ सम्म लागु रहने छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याउने गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित भइसकेको छ । मुलुकभर शाखा सञ्जाल रहेको निजी क्षेत्रको यो पहिलो वाणिज्य बैंकसमेत हो ।
बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
विश्वका विभिन्न देशबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि बैंकले दिँदै आएको छ । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
टिप्पणीहरू