बुढानीलकण्ठमा ‘द कफी क्लब’ उद्घाटन
नायक राजेश हमालले बुढानीलकण्ठ–३, रुद्रेश्वर चोकमा खुलेको ‘द कफी क्लब’ को औपचारिक उद्घाटन गरेका छन् । क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवा आदिसँग स्थानीय एवं राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिए ।
विभिन्न विषयमा विभिन्न व्यक्तित्वसँग पोडकास्ट पनि चलाइने बताइएको छ । त्यहाँ खोलिएको लघु पुस्तकालयका लागि पत्रकार तथा साहित्यकार श्याम रिमाल र धर्तीचन्द्र यात्रीले आआफ्ना पुस्तक कृति अभिनेता हमालमार्फत सञ्चालक पाठकलाई हस्तान्तरण गरेका छन् ।
आज बिहानको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, साहित्यकार र युवाहरूको उपस्थिति थियो ।
टिप्पणीहरू