मानव तस्करीका आरोपित एमाले नेतालाई प्रहरी कार्यालय पुर्याइयो

मानव तस्करीका आरोपित एमाले नेतालाई प्रहरी कार्यालय पुर्याइयो

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान मन्त्री तथा एमाले सांसद लिलाबल्लभ अधिकारीलाई काडमाडौँ ल्याइएको छ । 

आज बिहान विराटनगरस्थित निवासबाटै पक्राउ परेका उनलाई यति एयरलाइन्सको जहाजमार्फत केही बेरअघि काठमाडौँ ल्याइएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अधिकारीलाई सिधै जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको छ । 

परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जनआस्थासँग भने, 'उहाँ (अधिकारी)लाई जिल्ला प्रहरी कार्यालय लैजाँदैछौं ।'

अधिकारीमाथि मन्त्रालयको नक्कली परिचय पत्र बनाएर केही व्यक्तिहरुलाई अवैध तरिकाले जापान पुर्याउन खोजेको आरोप छ । यस प्रकरणमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको छ ।

टिप्पणीहरू