रवि लामिछाने थप १३ दिन हिरासतमा

रवि लामिछाने थप १३ दिन हिरासतमा
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

प्रहरीले आज चौथो पटक म्याद थपको लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश नवराज दाहालको इजलासले १३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

सहकारी ठगीको आरोपमा कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

उनी प्रवन्ध निर्देशक रहँदाका बखत सूर्यदर्शन सहकारीको करोडौँ रकम गोर्खा मिडिया नेटवर्क प्रालिका गैरकानुनी ढंगले प्रवाह भएको तथ्य फेला परेपछि समातिएका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भैरहेको छ ।

टिप्पणीहरू